चितवन,बैशाख ३० – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चितवनमा रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएको छ । ‘नेकपा’ निकटका एकजना स्थानीय नेताका अनुसार नेकपाका कार्यकर्ताले चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केट परिसरमा आईतवार बिहान ३:४५ बजे विस्फोट गराएका हो । विस्फोटबाट सुपरमार्केटका सिसाहरु फुटेक छन् । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा आएका दुई जनाले ग्रिनेड बम विस्फोट गराएको चितवनका प्रहरी अनुसार बम विस्फोट गराउनेको पहिचान भईसकेको भन्दै खोजी तिव्र पारिएको छ । सिसि टिभीको फुटेजबाट मोटरसाईकलमा आएका दुई मध्ये एक जनाको पहिचान भईसकेको जनाईएको छ । नेकपाले चितवनकै खैरेनी नगरपालिकाको पर्सा बजार, राप्ती नगरपालिकामा रहेको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा पनि बम विस्फोट गराएको छ । विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र केपी ओली सरकारको लम्पसारवादविरूद्ध आज नेपाल बन्द आह्वान गरेको छ।